संगम युवा परिवारले यो
वर्ष २०७४ को दशैं विशेष कार्यक्रम गरि मनाएको छ । २०७४ असोज ११ गते फुलपातिको दिन
तथा विश्व पर्यटन दिवसको अवसर पारेर स्थानिय धार्मिक, ऐतिहासिक र पर्यटकिय
क्षेत्रहरूको साथै स्थानिय चोकहरूको सरसफाइ कार्यक्रम भद्रपुर नगरपालिकाको पर्यटन
प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले संचालन गरेको हो । भद्रपुर २ भित्र रहेका
किचकबध र संयुक्त धार्मिक स्थल लगायत देउनिया खोलाको किनारमा अवस्थित मसानघाट,
सगरमाथा चोक, चाराली चोक र भद्रपुर १ को पाण्डे चोकको सरसफाइ गरिएको हो ।
![]() |
| Photo: Bhadrapur Mayor Jeevan Kumar Shrestha |
संगम युवा परिवारको आयोजना मा सगरमाथा चोक र किचकबधको सरसफाइमा सगरमाथा मा.वि.का बाल क्लब र जुनियर रेडक्रसले समेत सहयोग गरि कार्यक्रमलाई सफल बनाएका थिए । फोहोरको उचित व्यवस्थापनलाई अहिले देखि नै प्राथमिकतामा नराखे अप्ठयारो स्थिति सिर्जना हुनसक्ने कुरालाई विशेष जोड दिदै विभिन्न स्थानमा १० वटा सिमेन्टेड रिङ राखिएको छ । सरसफाई अरुले गरिदिएर सम्भव नहुने भन्दै यो स्थानिय समुदाय र घरले नै यसको लागि सचेत हुनुपर्ने कुरामा संमम युवा परिवारका सहभागि सदस्यहरूले माइकिङ मार्फत जानकारी गराएका थिए । कार्यक्रममा विश्व पर्यटन दिवसको नारा "दिगो पर्यटन, विकासको आधार" सहित अन्य विभिन्न पर्यटन र सरसफाइका नारा उल्लेखित प्लेकार्डहरू सहित करिब ४०/५० जना सहाभागि थिए ।
अन्य तस्विरहरू :





No comments:
Post a Comment